डडेल्धुराबाट फर्किएलगत्तै गरे महामन्त्रीद्वयसँग छलफल

काठमाडौं : गृहजिल्ला डडेल्धुराबाट फर्किएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेटवार्ता गरेका छन्। आज बिहान बूढानीलकण्ठस्थित निवासमा बोलाएर सभापति देउवाले महामन्त्रीद्वयसँग छलफल गरेका हुन्।

भेटमा पछिल्ला विकसित समसामयिक राजनीतिक अवस्था, उपनिर्वाचनलगायतको विषयमा कुराकानी भएको बताइएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति र महामन्त्रीहरुबीचको भेट नियमित भेट मात्रै भएको बताए।

उनले भने, ‘पार्टी सञ्चालनको विषयमा सभापति र महामन्त्रीहरुबीच भेट भइरहन्छन्। आजको भेट पनि कुनै एजेण्डा विशेष होइन। नियमित हो।’

देउवा करिब एक साता डडेल्धुराबाट काठमाडौं फर्किएका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार