कैलालीमा एक बजारको नाम परिर्वतन, “मुडा बजार”को “कोटागढी”

धनगढी : कैलालीमा एक बजारको नाम परिर्वतन गरिएको छ । जिल्लाको बर्दगारीया गाउँपालिका –४ मा पर्ने साविकको मुडा बजारको नाम परिर्वतन गरेर कोटागढी बजार राखिएको वडा अध्यक्ष जगत बहादुर शाहीले बताए ।

मुडा बजारको नामले यहाँ बस्ने हामीहरुको पनि बजारकै नामका कारण मजाक गर्ने र कुरा कुरामा नराम्रो सोचेर बोल्ने, मुडामा बस्नेहरु भनेर गिज्याउने भएकाले पनि बजारको नाम फेरिएको स्थानीय तथा साविकको मुडा बजारका अध्यक्ष धनमन सापकोटाले बताए ।

Seti Hospital

आफ्नै कार्यकालमा पनि नाम परिर्वतन गर्ने सोचेको तर त्यो बेला सबैको सहमति नभए पछि गर्न नसकिएको उनले बताए । यस्तै कोटागढी पुरानो नामका साथै शाब्दिक अर्थ समेत राम्रो भएको र यो पुख्यौली नाम पनि भएकाले नाम परिर्वतन गर्न आफुहरु सबैको सहमति भएको स्थानीय लेखा शर्माले बताइन् ।

साविक मुडा बजारको छैटौँ साधारण सभाबाट सबैको सहमतिमा बजारको नाम परिर्वतन गरेको र यस बाजरसँग सम्बन्धित अन्य कार्यालहरुमा पनि मुडा बजारको नाम परिर्वतन गरेर कोटागढी राख्नको लागि अपिल गरेको वडा अध्यक्ष शाहीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

20%

दु :खी

7%

अचम्मित

27%

उत्साहित

7%

आक्रोशित

समबन्धित समाचार