नेपाली यू-१९ टिम कर्नाटकासँग पराजित, सिरिज २-२ को बराबरी

काठमाडौं : भारतको कर्नाटकाको यू-१९ टिमले नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमलाई पराजित गर्दै जारी सिरिज बराबरी गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज कर्नाटकाले नेपाललाई ५ विकेटले पराजित गर्दै सिरिज २-२ को बराबरी गरेको हो ।

नेपालले दिएको १०६ रनको लक्ष्य पछाएको कर्नाटकाले ३७ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले पहिला ब्याटिंग गर्दै ३५.२ ओभरमा अलआउट हुदै १०५ रन बनाएको थियो । यस सिरिजमा पहिलो खेल कर्नाटकाले जितेको थियो भने दोस्रो र तेस्रो खेल नेपालले जितेको थियो ।

Chhath shuvakamana
Discovery School

योसँगै ५ खेलको सिरिजमा नेपाल २-२ ले बराबरी भएको । अब सिरिजको पाँचौं तथा अन्तिम खेल बिहीबार हुने छ । नेपालले नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म हुने यू-१९ एशिया कपको तयारीको रुपमा यो सिरिज खेलिरहेको छ ।

एशिय कपमा नेपाल समूह बी मा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । त्यस्तै समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् ।  हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ तारिखमा श्रीलंकासँग, दोश्रो खेल डिसेम्बर १ तारिखमा बंगलादेशसँग र तेश्रो खेल डिसेम्बर ३ तारिखमा अफगानिस्तानसँग खेल्ने भएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार