डोटीमा युवक मृत्युको विषयलाई लिएर सडक बन्द !

डोटी : डोटीमा युवक मृत्युको विषयलाई लिएर सडक बन्द गरिएको छ। जिल्लाको दिपायल–सिलगढी नगरपालिका–१ मा युवकका आफन्तले सडक अवरुद्ध पारेका हुन्।

जिपले मोटरसाइकललाइ ठक्कर दिँदा शिखर नगरपालिका–८ स्थित भीमदत्त राजमार्गमा डडेल्धुराबाट दिपायलतर्फ आउँदै गरेको बोलेरो जिपले सुदूरपश्चिम प्रदेश ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार दिपायल–सिलगढी गरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु भएको थियो।

धनगढी सूचना

सो जिप भरत सिंहले चलाएका थिए। चालक अहिले प्रहरी नियन्त्रणमा छन्। सोही विषयलाई लिएर आफन्तले विरोध प्रदर्शन गर्दै आएका छन्। घाइते साउँदको शनिवार उपचारका क्रममा मृत्यु भएको थियो।

उनीहरुले जिप चालकलाई कारवाही र क्षतिपुर्तीको माग गर्दै सडक अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माले बताए। सडक अवरुद्ध पारेपछि  अछाम, बाजुरा तथा डोटीबाट कैलाली जाने सवारी साधन बिचबाटोमै अलपत्र परेका छन्।

विरोध प्रदर्शन भइरहेको क्षेत्रमा ठूलो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार