धनगढी : धनगढीमा अवैध सामान बरामद गरिएको छ ।
सोमबार धनगढी उपमहानगरपालिका-३ रिङरोडबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी ४८ हजार ५०० मूल्यको सामान बरामद गरिएको हो ।
सुटपिस, स्विटर लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट चटकपुर, कैलालीबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्