बैतडीमा पहिरोले अवरुद्ध दशरथचन्द राजमार्ग सुचारु !

बैतडी : बैतडीमा पहिरोले अवरुद्ध भएको दशरथचन्द राजमार्ग सुचारु भएको छ । सडक डिभिजन कार्यालय पाटन, बैतडीका प्रमुख लक्ष्मणदत्त जोशीका अनुसार सोमबार बिहान १० बजेदेखि राजमार्ग सञ्चालनमा आएको हो ।

आइतबार साँझ मोड सुधारको काम चलिरहेको पाटन नगरपालिका-४ जेउडेमा डोजरले खन्ने क्रममा माथिबाट सुख्खा पहिरो खसेको थियो । बैतडी-दार्चुला जोड्ने राजमार्गमा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको थियो ।

Tihar shuvakamana
Discovery School

राति पहिरो पन्छ्याउन जोखिम भएपछि सोमबार बिहानैदेखि तीनओटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छ्याइएको र लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आइसकेका जोशीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार