धनगढी : सुदूरपश्चिम महोत्सव २०८१ को उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा गरिएको छ । प्रधानमन्त्री ओलीलाई कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरलगायत महोत्सव आयोजक टीमले आइतबार निमन्त्रणा गरेका हुन् ।
सुदूरपश्चिम महोत्सव यही मंसिर २२ गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक टीमले प्रधानमन्त्रीलगायत अर्थमन्त्री विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई निमन्त्रणा गरेको जनाएको छ।
सुदूरपश्चिम प्रदेशको कला, संस्कृतिको संरक्षण र सम्बद्र्धनमा योगदान दिएका तथा सम्भावना भएका लागि स्थानीय कलाकारलाई प्राथमिकता दिने, उद्यमी, व्यवसायी र स्थानीय उत्पादनलाई विशेष महत्व दिन महोत्सवले सहयोग गदै आएको छ ।
कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव तथा व्यापार मेलाको आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्