सुक्खा पहिरोले बैतडी–दार्चुला जोड्ने दशरथचन्द लोकमार्ग अवरुद्ध

बैतडी : मध्यपहाडी लोकमार्ग अन्तर्गत बैतडीको पत्ताल भूमेश्वरमुनि डोजर चलाउँदा पहाड खसेको छ । पहाडबाट खसेको सुक्खा पहिरोले बैतडी–दार्चुला जोड्ने दशरथचन्द लोकमार्ग अवरुद्ध भएको छ ।

पहिरो खसेको स्थानमाथि चमेलिया जल विद्युत्को १५० मेगावाटको टावरसमेत धरापमा परेको छ । सडक अबरुद्ध हुँदा बैतडी–दार्चुला भएर आवतजावत गर्ने सवारी साधनबिच बाटोमै अलपत्र परेका छन् ।

Tihar shuvakamana
Discovery School

सडक डिभिजन कार्यालयले सडकको मोड सुधार गर्ने योजनाअनुसार बैतडी–दार्चुला जोड्ने मुख्य लोकमार्ग पाटन नगरपालिका –४, जेउडेको मोडमा एक महिना अघिबाट ठेक्कामार्फत मोड सुधारको काम हुँदै आएको छ ।

केशर कन्ट्रक्सनले मोड सुधारको काम गरिरहकै अवस्थामा आइतबार ५ः३० बजे अचानक सुक्खा पहिरो खसेपछि राजमार्ग पूर्णरुपमा अबरुद्ध बनेको छ ।क्कासी पहिरो खस्दा स्थलगत निरीक्षणमा खटिएका कर्मचारी ज्यान जोगाएर भाग्न सफल भएको सडक डिभिजन कार्यालय पाटन, बैतडीका प्रमुख लक्ष्मणदत्त जोशीले बताउनुभयो ।

पहिरो निरन्तर खसिरहेकाले सडक सुचारु गर्न नसकिएको उहाँले बताउनुभयो । प्रहरी र सडकको प्राविधिक टोलीले स्थलगत निरीक्षण गर्दा रातिको समयमा पहिरो पन्छाउन सकिने अवस्था नरहेकाले समेबार पहिरो पन्छाउने काम थालिने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले बताउनुभयो ।

पहिरोको जोखिम रहेकाले राति नै सडक खुलाउन नसकिने सडक डिभिजन प्रमुख जोशीले बतानुभयो । पत्ताल भूमेश्वरको पहाड खस्नेक्रम नरोकिएकाले राति पहिरो सफा गर्न चुनौती रहेको उहाँले बताउनुभयो । सडक अबरुद्ध बनेसँगै बैतडी र दार्चुलाबाट छुटेका छोटो तथा लामो दूरीका सवारीसाधनबिच बाटोमै रोकिएका छन्, भने यात्रुहरु अलपत्र परेका छन् ।

दार्चुला र बैतडीबाट छुटेका सवारी साधनका यात्रुहरुलाई सतबाँझ लगायतका बजार क्षेत्रमा सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ । त्यसैगरी तराइका जिल्लाबाट आएका सवारी साधनका यात्रुहरुलाई पाटन बजारमा बस्न आग्रह गरिएको छ । सोही व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्याय बैतडी र इलाका प्रहरी कार्यालय पाटनको टोली यात्रु व्यवस्थापनमा खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार