धनगढी : सुदूरपश्चिममा अपाङ्गता भएका नागरिकहरुले यस वर्ष अन्तराष्ट्रिय दिवस सात दिनसम्म मनाउने भएका छन् ।
अपाङ्गता भएका व्यक्तिहरुको साझा संस्था राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदुरपश्चिम प्रदेशले यसका लागि ५१ सदस्यीय मूल आयोजक र कार्यविषेश विभिन्न उपसमिति गठन गरि तयारी थालेको हो ।
प्रदेश राजधानी समेत रहेको कैलालीको धनगढीमा यस बर्षको अपाङ्गता भएका व्यक्तिहरुको अन्तरास्ट्रिय दिवस यस बर्षको ३ डिसेम्वरलाई सप्तव्यापी ९मिति २०८१र८र१४ देखि २० गतेसम्म० विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाइने अध्यक्ष मानबहादुर साँउदले बताए ।
उनका अनुसार साप्ताहिक कार्यक्रमलाई भव्य रुपमा मनाउनका लागि शनिबार धनगढीमा उपलब्ध संधसंस्थासँग छलफल गरी विभिन्न दर्जनौ उप समितिहरु पनि निर्माण गरिएको छ ।
अन्तराष्ट्रिय दिवसलाई खुशीयालीका साथै आन्दोलनका रुपमा गतबर्ष झै अपाङ्गता भएका युवाहरुको स्वरोजगार मेलासँगै यसवर्ष थप सचेतना मुलक अन्तरकृया, लोकसास्कृतिक कार्यक्रम, निशुल्क उपचार, शिप तथा कला प्रदर्शनी र उत्कृष्ट कार्यको सम्मान लगायतका कार्यक्रम रहने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्