बैतडी देहीमाण्डौं बजार अनुगमनमा

बैतडी : संयुक्त बजार अनुगमन समितिले बैतडीको देहीमाण्डौंमा बजार अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिहरुको सहभागितामा शुक्रबार बजार अनुगमन गरिएको हो । 

बजार अनुगमनका क्रममा देहीमाण्डौंमा २५ ओटा पसल अनुगमन गर्दा ६ ओटा पसलबाट म्याद गुज्रेका सामग्री बरामद गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख ललित कठायतले जानकारी दिए ।

Tihar shuvakamana
Discovery School

ती पसलहरुबाट ६ हजार ६ सय ३० रुपैयाँ बराबरको म्याद नाघेको सामग्री बरामद गरी सबैको रहोबरमा नष्ट गरिएको कठायतले बताए । बजार अनुगमनका क्रममा व्यापारीहरुलाई म्याद नाघेका सामग्री विक्रिवितरण नगर्न आग्रह गरिएको कठायतले बताए ।

पहिलाको तुलनामा बजारमा केही सुधार आएको भएपनि पूर्ण रुपमा सुधार हुन बाँकी रहेको उनले बताए । बजार अनुगमनलाई स्थानीय तहहरुले समेत निरन्तरता दिनुपर्नेमा कठायतले जोड दिए । यसका साथै उपभोक्ताहरुले समेत सचेत हुनुपर्ने उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार