बसको ठक्करबाट कैलालीमा पैदल यात्रीको मृत्यु

कैलाली : कैलालीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–३ का ३८ वर्षीय दिपक कडेलको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

कडेललाइ लम्कीचुहा नगरपालिका–१ पुर्ब लम्की स्थित सुदूरपश्चिम प्रदेश ०१००१ ख ९९६ नम्बरको पवनदुत यातायातको बसले ठक्कर दिदा उनी गम्भिर घाइते भएका थिए। 

घाइते कडेलको उपचारको क्रममा  शनिबार मृत्यु भएको हो। बस र बस चालक कैलालीको लम्कीचुहा नगरपालिका–८ का ३२ वर्षीय नेत्रप्रसाद देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

96%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

4%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार