कैलालीको घोडाघोडीमा थारु सांस्कृतिक महोत्सव तथा लवाङ्गी पूजा हुँदै

भक्तराज जोशी

धनगढी : कैलालीको घोडाघोडीमा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव हुने भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका १ घोडाघोडी मन्दिरमा यस वर्ष विवाहपञ्चमीका अवसरमा थारु समुदायको विशेष “लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव २०८१” हुने भएको हो।

“हमार संस्कृति हमार पहिचान, संस्कृति जगेर्ना करना हमार अभियान” भन्ने मुख्य नाराका साथ आयोजित महोत्सव मंसिर १९ देखि २१ गतेसम्म महोत्सव हुनेछ। थारु समुदायले वर्षौंदेखि आफ्ना परम्परागत चाडपर्वअनुसार बाली घरमा भित्र्याउने बेलामा पहिले देवतालाई चढाएर मात्र उपभोग गर्ने परम्परा पालन गर्दै आएको छ। नियमित रूपमा घोडाघोडी मन्दिरमा विवाह पञ्चमीको दिन मनाइँदै आएको लवाङ्गी पूजा यस पटक पनि विशेष सांस्कृतिक उत्सवका रूपमा आयोजना गरिन लागेको हो।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार