शुक्रवार धनगढीमा मनाइयो शैलेश्वरी जाँत

धनगढी : कैलालीको धनगढीमा शुक्रवार शैलेश्वरी जाँत (जात्रा) मेला मनाइएको छ। धनगढी उपमहानगरपालिका–९ गौरीपुर (सालघाडी) मा रहेको शैलेश्वरी मन्दिरमा जाँत मनाइएको हो। 

यस मन्दिरमा २०४२ सालदेखि शैलेश्वरी अनुष्ठान केन्द्रले जाँत मनाउँदै आएको छ। डोटीको शैलेश्वरी मन्दिरको शाखाको रुपमा रहेको यो मन्दिरमा डोटीबाट कैलाली बसाइँ सरेर आएकाहरु जाँतको आयोजना गरेर रमाउने गरेका छन्। 

Seti Hospital

धेरैजसो व्यक्ति जाँत अवलोकनका लागि डोटी पुग्न नसकेपछि अखण्ड दीप प्रज्ज्वलन गरेर डोटीस्थित शैलेश्वरी मन्दिरका पुजारीले यहाँको शैलेश्वरी मन्दिरमा जाँत आयोजनाका लागि अधिकार प्रदान गरेको केन्द्रका सहसचिव वीरेन्द्र सिंहले बताए।

सिंहका अनुसार जाँतको पहिलो दिन बिहीवार भगवतीको पूजाका साथै रातभरि देउडा खेल्ने कार्य भएको थियो। शुक्रवार भगवतीको जात्रा देखाउनुका साथै धामी काम्ने र देउरो नचाउने कार्य भएको जनाइएको छ। सुदूरपश्चिमको विभिन्न जिल्लामा अहिले जाँतको रौनक चलिरहेको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

67%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार