रास्वपाका पदाधिकारीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै निवेदन दर्ता

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धी निवेदन दर्ता भएको छ ।

सर्वोच्च अदालतका सहरजिष्ट्रार एवं प्रवक्ता अच्युत कुईकेलका अनुसार, अदालतको बुधबार आदेशपछि अवहेलनाको निवेदन दर्ता भएको हो ।

सहकारी ठगीको आरोपमा रवि लामिछाने पक्राउ परेपछि रास्वपाका केन्द्रीय पदाधिकारीहरू सहितका कार्यकर्ताले पोखरामा प्रदर्शन गर्दै आइरहेका छन् ।

अदालतबाट म्याद थप गरी थुनामा राखिएको घटनामा सडक प्रदर्शन गरेर रास्वपाका केन्द्रीय पदाधिकारीहरुले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता गरेका थिए ।

तर, सुरुमा अदालतले यो निवेदन दर्ता गर्न मानेको थिएन । त्यसविरुद्ध परेको निवेदनमा न्यायाधीश विनोद शर्माको इजलासले निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेश बदर गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार