देउवा पछि आरजु पनि गृह जिल्ला डडेल्धुरा जाने !

धनगढी : परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा गृह जिल्ला डडेल्धुरा आउने कार्यक्रम तय भएको छ। नेपाली काँग्रेस जिल्ला कार्यसमिति डडेल्धुराले एक सुचना प्रकाशन गर्दै सो वारेमा जानकारी गराएको छ ।

मन्त्री देउवा यहि कार्तिक ३० गते डडेल्धुरा पुग्ने कार्यक्रम रहेको नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सचिव शेरवहादुर भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार परराष्ट्र मन्त्री एवम काँग्रेस केन्द्रिय सदस्य राणा मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला डडेल्धुरा आउन लागेकोमा देउवाले जिल्लाको समग्र विकासका बारे अवलोकन गर्ने र कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्री देउवा शुक्रबार काठमाण्डौँबाट धनगढी बिमानस्थल हुँदै डडेल्धुरा तर्फ जाने कार्यक्रम छ । एक मात्र संघिय निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा डा. देउवाले २०७९ मा सम्पन्ननिर्वाचनमा नेपाली काँग्रेसको तर्फवाट समानुपातिक उम्मेदवारका रुपमा डडेल्धुरावाट प्रतिनिधित्व गरेकि हुन ।

पूर्व प्रधानमन्त्री एवम काँग्रेस सभापति शेरवहादुर देउवा अहिले गृह जिल्ला डडेल्धुरामा पाटिले आयोजना गरेका कार्यक्रम तथा कार्यकर्ता भेटघाटमा ब्यस्थ छन । मंसिर १ गते सम्पन्न हुने उग्रतारा मेला देहिजाँत पछि सभापति देउवा र देउवा पत्नी डा आरजु राणा देउवा संघिय राजधानी काठमाण्डौ जाने कार्यक्रम रहेको नेपाली काँग्रेस जिल्ला कार्यसमिति डडेल्धुराले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार