आमाले अलपत्र छोडेकी बालिकाले ६ वर्ष पछि भेटिन परिवार

धनगढी : जन्म दिने आमाले नै सडकमा छाडेर गएपछि कैलालीको अत्तरियामा अलपत्र परेकी एक बालिकाले ६ वर्ष पछि परिवार भेट्न पाएकी छिन । ६ वर्ष अघि दार्चुलाबाट आमा सँगै अत्तरियामा आएकी सुहानी कार्कीलाई अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा राखिएको थियो । सुहानीले आमा सँगै दार्चुलाबाट आएको बताए पनि घर ठेगाना बताउन सकेकी थिइनन् । ६ वर्ष देखि उनको घर खोज्ने प्रयास गरिए पनि पत्ता नलागेको सेभ हाउसकी अध्यक्ष जानकी मलासीले बताइन् ।

नेपालमा सुहानीको घर पत्ता नलागेपछि भारतमा बालबालिकाको खोज उद्धार गर्दै आएको संस्था किन इन्डिया सँग सम्पर्क गर्दा बालिकाको घर पत्ता लागेको मलासीले बताइन् । ‘हामीले ५ महिना अघि किन इन्डिया सँग बालिकाको घर पत्ता लगाइदिनका लागि अनुरोध गरेका थियौ । बालिका सँग भारतीय आधार कार्ड भेटिएकाले पनि उनी भारतको हुन सक्ने आशङ्का थियो’ उनले भनिन् ‘उक्त संस्थाले बालिकाको घर पिथौरागढमा भएको पत्ता लगायो । बालिकाको घर पत्ता लागेपछि हामीले संस्थालाई बालिका हस्तान्तरण गरेका हौ ।’

Seti Hospital

मलासीका अनुसार बालिकाका बुवा पहिल्यै बितेपछि आमाले दोस्रो बिहे गरेकी थिइन, दोस्रो बिहे गरेको घरमा बालिकाले दुःख पाउन थालेपछि आमाले नै उनलाई अत्तरियामा छोडेको बुझ्नमा आएको बताइन् । मलासीले बालिकाकी आमाले बिहे गएर गएको घर भने पत्ता नलागेको बताइन् । उनले किन इन्डिया संस्थाको सम्पर्कमा बालिकाको काका, काकी आएपछि आफूले पिथौरागढ मै गएर किन इन्डिया पिथौरागढको कार्यालयमा बालिकालाई छाडेको बताइन् । उनले बालिकाको परिवार नेपाली मूलका भए पनि लामो समय देखि भारतको पिथौरागढमा बस्दै आएको बुझिएको बताइन् ।

उनले किन इन्डिया पिथौरागढको कार्यालयमा आएका बालिकाका काका काकीले उनलाई लगेर गएको बताइन् । ‘हामीले बालिकालाई किन इन्डिया पिथौरागढको जिम्मा लगायौ । किन इन्डिया पिथौरागढले बालिकालाई उनका काका काकीको जिम्मा लगायो’ उनले भनिन ‘६ वर्ष पछि बालिकाले आफ्ना काका काकी भेट्न पाउँदा निकै खुसी भइन् ।

विगत ६ वर्ष देखि अत्तरियामा रहेको सेभ हाउसमा बस्दै आएकी १४ वर्षीय सुहानी अत्तरियामै रहेको दुर्गालक्ष्मी नमुना माविमा कक्षा ९ मा अध्ययनरत रहेकी थिइन् ।

६ वर्ष देखि आफन्त देखि टाढा रहेकी बालिकाको पुनर्मिलन गराउन किन इन्डियाका निर्देशक नवीन जोशीको सहयोगमा सम्भव भएको सेभ हाउसका सचिव तिलक राज जोशीले बताए । उनले बालिकाका आफन्त भेटिएपछि सोमबार पिथौडागढमा रहेको किन इन्डियाको कार्यालयमा पु¥याएर आएको बताए । जिल्ला प्रोबेशन अधिकारी पिथौरागढका डा. निर्मल सिंह बसेडाले बालिकाको परिवार सँगको पुनर्मिलनमा सहयोग गरेको भन्दै सेभ हाउसकी अध्यक्ष जानकी मलासी, किन इन्डियाका निर्देशक नवीन जोशीलाई प्रशंसा पत्रले सम्मान समेत गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार