बझाङमा चामल बोकेको ट्रक दुर्घटना

बझाङ : बझाङमा चामल बोकेको ट्रक दुर्घटना भएको छ। जयपृथ्वी राजमार्ग अन्तर्गत छविसपाथिभेरा गाउँपालिका– १ जालेबगर नजिकै बुधवार चामल बोकेको ट्रक दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङले चामल बोकेको ट्रक दुर्घटना भएको बताएको छ। धनगढीबाट बझाङ सदरमुकाम चैनपुर जाँदै गरेको से १ ख ३६९१ नम्बरको ट्रक दुर्घटना भएको हो। 

दुर्घटनामा चालक बैतडीको सिगास गाउँपालिकाका अन्दाजी २८ तपेन्द्र चन्द सामान्य घाइते भएका छन्। चामल बोकेको उक्त ट्रकमा चालक मात्रै सवार थिए। ट्रक सडकबाट पाँच मिटर तल खसेको छ। चामल तथा ट्रकमा क्षति भएको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार