कैलालीमा युवक हत्या प्रकरणः २ महिलासहित ८ जना पक्राउ

धनगढी : कैलालीमा युवक कुटपिट प्रकरणमा पक्राउ पर्नेको संख्या बढ्दै गएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका–११ का सुरेश भुलको हत्या प्रकरणमा प्रहरीले अहिलेसम्म २ महिलासहित ८ जनालाई पक्राउ गरिसकेको छ। सोमबार बाख्रा चोरीको आरोप लगाउँदै गौरीगंगा नगरपालिका–११ को कान्तिपुरका ३० वर्षीय भुललाई कुटपिट गर्ने थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

Seti Hospital

जिल्ला प्रहरी कार्यालय कैलाली प्रवक्ता कविन्द्रसिंह बोहराका अनुसार भुललाई कुटपिट गरेको आरोपमा बाख्रा धनी विस्ना भूलसहित ८ जनालाई पक्राउ गरिएको छ। युवक कुटपिट प्रकरणमा मुछिएका रमा रावल, जंग भुल, विशाल विक, धर्म विक, देवराज सापकोटा, दिनेश भुल र दिनेश विकलाई पक्राउ गरिएको हो।

शनिबार बेलुकी भूलको मेडिकल रहेको स्थान गौरीगंगा–११ को कान्तिपुर टोलमै गएर उनलाई सामुहिक रुपमा कुटपिट गरिएको थियो। कुटपिटबाट गम्भिर घाईते भएका सुरेशको सोमबार बिहान निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको थियो। प्रहरीले अहिले जाहेरीका आधारमा थप अनुसन्धान गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार