मोटरसाइकलको ठक्करबाट धनगढीका दुई जना घाइते

धनगढी : कैलालीको धनगढीमा दुई जना मोटरसाइकलको ठक्करबाट घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–१५ कनरीमा सोहि ठाउँका इन्द्रबहादुर लुहारले चलाएको सुदूरपश्चिम प्रदेश ०१०११ प ४३१४ नम्बरको मोटरसाइकलको ठक्करबाट दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्रसिं बोहराले बताए।

SHIKHAR COOL TECH

घाइते हुनेमा कनरीका ४० वर्षीय सुशिल चौधरी र ३५ वर्षीया गौरी चौधरी रहेका छन्। चालकको टाउकोमा चोट लागेको छ भने सुशिलको घुँडा, छाति, हातमा चोट लागेको छ।

यस्तै गौरीको पनि टाउको, छातिमा चोट लागेको छ। तीनै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार