गन्याप देवता दर्शन गर्दै ‘संस्कृतिको जगेर्ना गर्न आवश्यक छ’ : सभापति देउवा

डडेलधुरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेलधुरा पुगेर देवीदेवताको दर्शन एवं कार्यकर्ता भेटघाटमा व्यस्त रहेका छन् । सोमबार परशुरामधामको दर्शन गर्नुभएका देउवाले मङ्गलबार गृह पालिका गन्यापधुरा पुगेर गन्याप देवताको दर्शन गरेका छन् ।

देउवाले नाङ्गो तरबारको चौलोले प्रख्यात बडाला जाँत (जात्रा) को अवलोकन गर्नुका साथै गन्याप देवताको पूजाआजा गरेका छन् । बडाल जाँतमा पुग्नुभएका देउवाले धार्मिक परम्परा संस्कृतिको जगेर्ना गर्नुपर्ने बताएका छन् । सानै उमेरदेखि बडाल जाँतमा आएर पूजाआजासँगै मेलाको रौनकमा रमाउने गरेको देउवाले सम्झिए । विभिन्न कार्यक्रममा समेत बडालको चौलो देखाउने गरेको बताएका छन् ।

धनगढी सूचना

“हाम्रा संस्कार, संस्कृति परम्पराले पर्यटकलाई आकर्षित गर्छन्, हामी सबै मिलेर धार्मिक परम्पराको जगेर्ना गर्नु पर्छ । यसले आपसी भाइचाराको सम्बन्ध पनि प्रगाढ गर्छ” देउवाले भने । गन्यापधुरा गाउँपालिका–२, बडालमा रहेको लाटागन्याप देवताको पूजाआजा गरी बडाल जाँतमा दाइन दमाहा, रुसिङ्ग र भोकर बाजाको तालमा नाङ्गो तरबार नचाएर चौलो खेलिन्छ । धार्मिक शक्तिसँगै चौलोले प्रख्यात बडाल जाँतमा भागेश्वर देवतालाई गाँजले ढोग गरेपछि दिउँसोको मेला शुभारम्भ हुन्छ । प्राचीनकालदेखि चलिआएको छलिया जाँत हेरेपछि देवीदेवताको दर्शन र आशीर्वाद प्राप्त हुने जनविश्वास छ ।

दाइन, दमाहा, रुसिङ्ग, भोकर बाजागाजाका साथ स्थानीय हातमा तरबार खेलाई चौलो खेल्दै गाँज नचाइसकेपछि बडाल जाँत सम्पन्न हुने गर्छ । हातहातमा नाङ्गो तरबार खेलाएर नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको लाटागन्याप भूमि देवल क्षेत्र विकास समितिका अध्यक्ष पूर्णबहादुर देउवाले बताए । सुदूरपश्चिमकै सबैभन्दा बढी दाइन, दमाहा र भोक्कर बजाइने मेलाका रूपमा समेत बडाल जाँत प्रसिद्ध छ । देउवाले बुधबार जिल्ला कार्यसमितिले आमन्त्रण गरेको बैठकमा सयदिने सङ्कल्प यात्राबारे पनि छलफल गर्ने उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार