सानोभर्‍याङबाट पक्राउ परेका मनाङेलाई जेल पठाउन अदालत लगिँदै !

काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई जेल पठाउन अदालत लगिँदैछ ।

काठमाडौंको सानोभर्‍याङबाट पक्राउ परेका उनलाई सुरुमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उपस्थित गराएपछि अब सजाय भुक्तानका लागि जेल पठाउन लागिएको हो ।

कात्तिक २० गते सर्वोच्च अदालतले उच्च अदालत पाटनले गरेको पाँच वर्ष कैद सजायको फैसलालाई सदर गरेपछि मनाङे पक्राउ परेका हुन् । सर्वोच्चले उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । सर्वोच्चको फैसला कार्यान्वयनका लागि उनलाई अहिले काठमाडौं जिल्ला अदालतमा पेश गरिँदैछ ।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएपछि सजाय भुक्तानका लागि जेल पठाइननेछ ।

२०६१ सालमा मनाङे समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरेको थियो । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।

उक्त फैसलापछि मनाङे २०७५ साल पुसमा थुनामा गएपछि पुनरावेदन सर्वोच्चमा पुनरावेदन गरेका थिए । सर्वोच्चले २०७५ साल पुस ६ गते धरौटी राखेर थुनामुक्त गर्न आदेश दिएपछि मनाङे जेल बाहिर रहेर मुद्दा लड्दै आएका थिए ।

मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङले गण्डकी प्रदेशमा पटकपटक मन्त्री भएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार