नेपालले दियो कुवेतलाई २१४ रनको विशाल लक्ष्य

काठमाडौँ : नेपालले जारी यू-१९ महिला विश्वकपको एशिया क्वालिफायर अन्तर्गतको खेलमा कुवेतलाई २१४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको नेपालले कप्तान पूजा महतोको शतकीय पारीको मद्दतले २० ओभरमा २ विकेट गुमाउँदै २१३ रन बनाएको हो । ५७ बलमा शतक बनाएकी पूजाले अविजित १२८ रन बनाएकी थिइन् । त्यस्तै सोनी पाख्रिनले अविजित ४३ रन बनाएकी थिइन्।

Tihar shuvakamana
Discovery School

यो यस प्रतियोगितामा कुनै पनि देशले बनाएको सर्वाधिक ठुलो टोटल हो । यस अघि युएईले कुवेत विरुद्धनै २११ रन बनाएको थियो । प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ । अंक तालिकामा नेपाल ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यस्तै कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ । नेपालले यस प्रतियोगितामा बिहीबार यूएईसँग खेल्ने तालिका रहेको छ । 

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार