सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक

धनगढी : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक छाएको छ ।

प्रदेशका डोटी, बैतडी, दार्चुला, डडेल्धुरा, अछामलगायत जिल्लामा कात्तिक शुक्ल पक्षको सुरुवातसँगै जात्राको रौनक सुरु भएको हो । कात्तिक शुक्ल पूर्णिमासम्म सुदूरपश्चिमका विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्छ ।

अछामको कमलबजार नगरपालिका–७ जामा गाउँमा लगातार १० दिनसम्म लाग्ने केदारनाथ मेला सुरु भएको छ । केदारनाथमा पूजाआजा सहित कार्तिक शुक्ल पञ्चमीदेखि चतुदर्शीसम्म मेला लाग्ने गर्छ ।

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष मनाइने देहिजाँत अर्थात् उग्रतारा मेला भने मंसिर १ मा लाग्ने भएको छ ।

उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन दिउसेडी मेला लाग्दै आएको छ । चौलोले प्रख्यात रहेको सुदूरपश्चिमको प्रसिद्ध बडाल जाँत आजदेखि सुरु हुँदैछ । आज दिउसेडी मेला लाग्ने वडाध्यक्ष मनोज देउवाले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार