यू-१९ महिला टी-२० विश्वकप : आज नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदै !

काठमाडौँ : यूएईमा जारी यू-१९ महिला टी-२० विश्वकप छनोटमा आज नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ। खेल दुबईस्थित दी सेभेन्स मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।

प्रतियोगितामा चारमध्ये तीन खेल जितेको नेपालले यसअघि पहिलो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो। नेपाल ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ। कुवेत भने लगातार चार हार व्यहोर्दै अंकविहीन छ।

SHIKHAR COOL TECH

नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १०८ रनले पराजित गरेको थियो। त्यसपछि यूएईसँग १३ रनले पराजित भएको नेपालले थाइल्याण्डलाई फेरि १०६ रनले हराएको थियो।

चार टोली सहभागी छनोट प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली मात्र यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार