बेवारिसे अवस्थामा पुरुषको शव फेला

धनगढी : कैलालीको धनगढीमा बेवारिसे अवस्थामा शव फेला परेको छ।

सोमबार विहान धनगढी उपमहानगरपालिका–११ घोडसुवास्थित ठेकराज माध्यमिक बिद्यालयको शौचालय नजिक अन्दाजी ५५ वर्षीय पहिचान नखुलेको पुरुषको शव फेला परेको हो। मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।  

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बर्ण गहुगोरो, उचाई ५ फिट ५ इन्च, माथिल्लो शरीरमा सेतो धर्के आस्कोट, भित्र सर्ट, तल्लो शरीरमा हाफ पाइन्ट, दाह्री फुलेको पुरुषको शव फेला परेको हो।

घटनास्थल नजिकै ढाका टोपी, घगारुको लाठी, च्यादर फेला परेको हुँदा लाठी टेक्ने टोपी लगाउने पुरुष हुन सक्ने प्रहरीको अनुमान छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार