कैलालीमा पाचँ लाख बराबरको अबैध सामान बरामद

कैलाली : जिल्ला प्रहरी कार्यालय कैलालीले कैलालीमा पाचँ लाख बराबरको अबैध सामान बरामद गरेको छ । भारतबाट भन्सार छली गरी नेपाल ल्याउने क्रममा ५लाख ,८ सय ५० बराबरको विभिन्न किसिमका मालसामान बरामद गरिएको हो ।

प्रहरीको टोलीले टिकापुर नगरपालिका ९ स्थित भित्री सडक खण्डबाट हरियो खुर्सानी, बदाम, छिद्रा माछा र मोटरसाइकल (३ थान) ४ लाख ४२ हजार ८ सय ५० मुल्यको सामान बरामद गरेका हुन् ।

त्यस्तै, धनगढी उप–महानगरपालिका२ र १३ बाट ४७ हजार ६ सय मुल्य बराबरका कपडा, सुर्तिजन्य पदार्थ र प्लास्टिक झिल्ली जस्ता अन्य सामानहरू फेला पारि बरामद गरेका हुन् ।
यस्तै भजनी नगरपालिका ०७ स्थित शिविर टोलबाट १० हजार ४ सय बराबरको चिनि र हरियो खुर्सानी पनि बरामद गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार