धनगढी : कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध घाईते भएका छन्।
धनगढी उपमहानगरपालिका–१८ मा ३० वर्षीय पुरुषले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००८ प ७४९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीय वृद्ध घाइते भएका हुन्।
घाईते वृद्धको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बहुलियाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्