बैतडीको चर्चामा आएको ‘चमेलिया ‘ विद्युत गृहभित्र पानी उद्योग

बैतडी : चमेलिया नदीबाट ५६ मेगावाट बिजुली उत्पादन गरेर चर्चामा आएको निजी क्षेत्रको अपी पावर कम्पनीले पछिल्लो समय विद्युत गहृभित्र मिनरल वाटर उद्योग खोलेर दैनिक २० हजार लिटर पानी प्रशोधन गरी बजारमा बिक्री गर्न सुरु गरेको छ ।

अपी नाम दिइएको पानी उद्योगले एक लिटर, आधा लिटर र तीनसय मिलिलिटरको चार कुने बोतलमा पानी राखेर बिक्री सुरु गरेको हो । पानीको मूल्य एक लिटरको २५ रुपियाँ, आधा लिटरको १५ र तीनसय मिलि लिटरको १० रुपियाँ मूल्य कायम गरिएको छ । पानी उद्योगमा १६ जनाले रोजगारी पाएका छन् । 

dashain shuvakamana
Discovery School

निजी क्षेत्रको अपी पावर कम्पनीले यसअघि ४० मेगावाटको अपर चमेलिया, ८.५ मेगावाटको नौगाड र ८ मेगावाटको अपर नौगाड गरी ५६.५ मेगावाट बिजुली उत्पादन गरिसकेको छ । विद्युतसँगै पानी उद्योग सञ्चालन गरेर बजारमा शुद्ध पिउने पानीको आपूर्ति सुरु भएको कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए । 

उनले भने, “बैतडी, दार्चुला, डडेल्धुरा हुँदै तराईका कैलाली र कञ्चनपुर  र डडेल्धुराको स्याउले हुँदै डोटीसम्म पानी बिक्री भइरहेको छ । पानी उद्योगले दैनिक २० हजार लिटर पानी उत्पादन गर्दै आइरहेको छ । चमेलिया नदीको पानी अपी हिमालको फेदबाट बग्ने भएकाले पानीको नाम अपी राखिएको  जानकारी दिए । अपीको पानी छिट्टै नेपालभरि बिक्री वितरण गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । 

९६ मेघावाट बिजुली उत्पादन 

नेपाल सरकार र निजी क्षेत्रका कम्पनीले चमेलिया नदीको पाँच ठाउँबाट कुल ९६.५ मेघावाट बिजुली उत्पादन सुरु भएको छ ।

नेपाल सरकारको लगानीमा चमेलियाको बलाँचमा ३० मेघावाट, निजी क्षेत्रको लगानीमा माथिल्लो चमेलिया ४० मेगावाट, अपर चमेलिया ८.५ मेगावाट, नौगाड ८ मेगावाट र अपर नौगाड १० मेगावाट कुल ९६.५ मेघावाट बिजुली उत्पादन सुरु भएको छ । 

कालङ्गाको बिजुली चमेलिया ग्रिडमा

बझाङको कालङ्गा नदीमा उत्पादन भएको ५३.७९ मेघावाट बिजुली पनि चमेलियाको ग्रिडमा जोडिएपछि बैतडी, दार्चुला र बझाङबाट चमेलियाको ग्रिडमा १५० मेघावाट बिजुली प्रवाह भएर राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । एउटै चमेलिया नदीको पाँच ठाउँबाट विद्युत् उत्पादन भएपछि अँध्यारोमा रहेका बैतडी, दार्चुला र बझाङका गाउँमा विद्युत् विस्तार सुरु भएको छ । 

बैतडीमा यो वर्ष सात हजार घरधुरीमा विद्युत् पुर्‍याउने लक्ष्य रहेको विद्युत् वितरण केन्द्र बैतडीका कार्यालय प्रमुख इन्जिनियर जनार्दन पौडेलले जानकारी दिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार