धनगढी : केही दिन अघि मात्रै भरिभराउ भएका गाउँघरहरु फेरी रित्तिन थालेका छन । विभिन्न कामको सिलसिलामा बाहिरी गएकाहरु दसैं तिहार मान्नका लागि फर्केपछि गाउँघर भरिभराउ भएका थिए । अहिले फेरी उनीहरु आआफ्नो कर्म थालो जान थालेपछि गाउँहरु रित्तिन थालेका हुन् ।
हिन्दुहरुका महान चाड बडा दसैं,तथा तिहार मनाउनका लागि देश विदेशबाट गाउँमा फर्किएकाहरु अहिले फेरी कर्मथालो जानका थालेका छबिसपाथिभेरा गाउँपालिका २ मुम्लाका स्थानीय तथा सञ्चारकर्मी समिर कठायतले जानकारी दिए ।
अध्यन तथा आफ्नो कामको सिलसिलामा काठमाण्डौं, धनगढी, महेन्द्रनगर नेपालगञ्ज, लगायतका विभिन्न सहरमा गएकाहरु स्कुल र आफू कार्यरत कार्यालयमा दसैं तिहार विदा भएपछि दसैं तिहार मनाउन गाउँ फर्किएका थिए , भने रोजगारीका लागि देश तथा विदेशी मुलक गएकाहरु घरपरिवारसंग दसैं तिहार मनाउन गाउँमै फर्किएका थिए ।
अहिले फेरी स्कुल, सरकारी तथा गैरसरकारी कार्यालय खुल्न थालेपछि उनीहरु कोही अध्ययनको लागी सहरतर्फ जाँदै छन् भने कोही रोजगारीका लागि विदेश हिँडिरहेका छन् । अहिले यो समयमा बझाङमा पनि यातायातको चाप निकै उच्च छ
जिल्लामा चल्ने बस, जिप लगायत यातायातका साधन भरिभराउ छन् । कर्मथलो फर्किनेलाई टिकट पाउनसमेत कठिनाइ भइरहेको छ । अहिले जिल्लाबाट विशेषगरी पढाइको सिलसिलामा बाहिरीनेको चाप लागेको दुर्गाथलि गाउँपालिकाको मौरीबगर बजारमा व्यापार गर्दै आएका खगेन्द्र जप्रेलले बताए ।
यो महिनाको अन्तिम सम्म सवारी साधनाहरु प्याक रहेको छबिसपाथिभेरा गाउँपालिका १ भाँडेमा खप्तड र पवनदुत यातायात प्रालि को काउन्टरका प्रतिनिधि दिनेश कठायतले जानकारी दिए । अहिले यात्रुहरुको चाप लागेकाले भाँडेबाट खप्तड र पवनदुत यातायातका थप दुई बस लागेको बताए । अहिले दैनिकी १ हजारको संख्यामा जिल्लाबाट बाहिरीने गरेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्