आज छठ पर्वको अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै !

धनगढी : कार्तिक शुक्ल चौथीका दिनदेखि सुरु भएको छठ पर्वको आज (शुक्रबार) अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिइएको छ।

कैलालीको धनगढीको मोहना नदी घाट , अत्तरियाको गोदावरी नदी घाट लगायत देशभरका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठको बिदाइ गरिएको हो।

Galaxy

देशभर बौद्धस्थित बागमतीघाट, पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा निर्माण गरिएको छठघाटसँगै तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै समापन गरिएको छ।

छठको मुख्यदिन बिहीबार निराहार व्रत बसेका व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। यसपछि उनीहरू रातभर छठघाटमै जाग्राम बसेका थिए। छठको विधि भने कोजाग्रत पूर्णिमाका भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु भएको हो। 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार