आईसीसी यू-१९ महिला विश्वकप छनोट : कुवेतविरुद्ध नेपालले ब्याटिङ गर्ने

काठमाडौँ : आईसीसी यू-१९ महिला विश्वकपको एसिया छनोटको दोस्रो खेलमा कुवेतविरुद्ध नेपालले टस जितेको छ।

यूएईको अजमानमा नेपालका कप्तान पूजा महतोले टस जितेर ब्याटिङ रोजेकी हुन्। यसअघि प्रतियोगिताको आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ। नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रनको योगफल तयार पारेको थियो।

Seti Hospital

जबाफमा थाइल्यान्डले कमजोर प्रदर्शन गर्दै ११ ओभर ४ बलमा केवल ३५ रन बनाएर सबै विकेट गुमाएको थियो।थाइल्यान्डविरुद्ध कप्तान कप्तान पूजा महतोले अलराउन्ड प्रदर्शन गर्दा रचना कुमारी चौधरीले बलिङ मार्फत उत्कृष्ट योगदान दिएकी थिइन्।

पूजाले ३५ र बनाउँदा २ विकेट हात पारेकी थिइन्। रचनाले एकै ओभरमा ३ विकेट लिएपछि थाइल्यान्डले खेलमा पुनरागमन गर्न सकेन। रचनाले ३ ओभरमा १२ रन खर्च गरेर ४ विकेट लिएकी थिइन्।

नेपालको प्लेइङ ११

पूजा महतो, सोनी पाख्रिन, अलिशा कुमारी यादव, ज्योत्सिका मरासिनी, कृष्मा गुरुङ, मनिशा उपाध्याय, रचना चौधरी, रिया शर्मा, साबित्री धामी, साना प्रविन र सिमाना केसी

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार