धनगढी : अत्तरियाको होटेलबाट अनैतिक कृयाकलापमा संलग्न होटेल सञ्चालकसहित युवायुवती पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका-२ अत्तरियास्थित दार्चुला होटेलबाट सञ्चालकसहित युवायुवती पक्राउ परेका हुन् ।
अनैतिक कृयाकलाप भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले होटेल सञ्चालकसहित एक जना महिला र एक पुरुष गरी ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको मालाखेती प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्