दुर्घटना अपडेट : दुर्घटनामा परेर दुई जना घाइते, उपचारका लागि भारत रिफर

धनगढी : कैलालीको अत्तरियामा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ।

गोदावरी नगरपालिका–१ अत्तरियामा से १ ख ९१५ नम्बरको बस र सुदूरपश्चिम प्रदेश..२०३१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर दुई जना  घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

SHIKHAR COOL TECH

घाइते हुनेमा चुरे गाउँपालिका–१ का ३० वर्षीय नरेश बम र २९ वर्षीय नवीन बम रहेका छन्। दुबै जनालाई उपचारका लागि भारत रिफर गरिएको छ।

दुर्घटनापछि फरार रहेका बस चालक जोशीपुर गाउँपालिका–६ का दीपक डँगौरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार