काठमाडौं : नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक सूचीकृत भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार मंगलबार नेपालमा आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक सूचीकृत भएको हो ।
ठाकुरका अनुसार सञ्चार मन्त्रालय सूचीकृत भएपछि अब टिकटकले कानूनी वैधानिकता पाएको छ । नेपालमा हुने सामाजिक सञ्जाल सूचीकृत हुनुपर्ने कानूनी मान्यता छ ।
मंगलबारबाट आधिकारिक रूपमा सूचीकृत भएको छ । १ नम्बरमा भाइबर ,२ नम्बरमा वाईटक र टिकटकको रजिस्ट्रेसन नम्बर ३ हो ।
प्रतिक्रिया दिनुहोस्