कैलाली : विपद्को यस घडीमा सामाजिक उत्तरदायित्वलाई सधैं उच्च प्राथमिकतामा राख्दै आएको धनगढीको प्रतिष्ठित स्वास्थ्य संस्था नवजीवन हस्पिटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ।
हालै विभिन्न प्राकृतिक विपद् तथा दैवी प्रकोपबाट पीडित बनेका नागरिकहरूको उद्धार तथा राहतका लागि नवजीवन हस्पिटल प्रा।लि। को तर्फबाट रु। २,२२,२२२ ९दुई लाख बाइस हजार दुई सय बाइस रुपैयाँ० को सहयोग रकम हस्तान्तरण गरिएको हो।
हस्पिटलले नाबिल बैंक लिमिटेड ९रातोपुल, धनगढी शाखा० मार्फत उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को खातामा जम्मा गराएको छ। संकटको समयमा मानवीय सहायताका लागि अस्पतालले अग्रसरता देखाउँदै पुर्याएको यो महत्वपूर्ण योगदानले पीडितहरूको उद्धार र पुनस्र्थापनामा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। सामाजिक सेवाभावले ओतप्रोत नवजीवन हस्पिटलको यस कार्यप्रति अहिले विभिन्न क्षेत्रबाट उच्च प्रशंसा भइरहेको छ।




प्रतिक्रिया दिनुहोस्