सुदुरपश्चिम लगातार दोस्रो पटक च्याम्पियन, यु १९ क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई हराउँदै !

काठमाडौं : सुदुरपश्चिम प्रदेश विराटनगरमा भएको नरेश श्रेष्ठ स्मृती यु १९ क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई हराउँदै लगातार दोस्रो पटक च्याम्पियन भनेको छ । बुधवार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै च्याम्पियन भएको हो ।

सुदूरपश्चिमले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४३.१ ओभरमा अल आउट हुदै १ सय १९ रन मात्र बनायो । लुम्बिनीका लागि कप्तान आकाश त्रिपाटीले ४४ बलमा सर्वाधिक २२, शिव कुवँरले ४६ बलमा २०, विजय कोहरले ३० बलमा १९ तथा समिर अलिले ३२ बलमा १८ रन बनाए ।सुदूरपश्चिमका लागि कप्तान हेमन्त धामीले ४, सचिन भट्ट र नरेन साउद समान २ तथा अशोक धामीले १ विकेट लिए ।

Seti Hospital

त्यसअघि विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३७।३ ओभरमा अल आउट हुदै १ सय २७ रनको योगफल तयार गरेको थियो ।सुदूरपश्चिमका लागि ओपनर अभिषेक थापाले २७ बलमा २९, नरेन भट्टले ५३ बलमा २७, नरेन साउदले ३५ बलमा १५ रन तथा राजेश ऐरले १४ रन बनाए । लुम्बिनीका लागि सन्तोष यादवले १० ओभरमा २८ रन खर्चिदै ५ विकेट लिए । रमेश कुर्मीले ३ तथा शिव कुँवरले १ विकेट लिए ।

सन् २०२२ मा भएको अघिल्लो संस्करणमा लुम्बिनी र सुदूरपश्चिमले नै फाइनल खेलेकामा सुदूरपश्चिम च्याम्पियन भएको थियो । लिग चरणको खेलमा सुदूरपश्चिम र लुम्बिनीले समान ५ खेलमा जित हासिल गरेका थिए । सुदूरपश्चिम प्रतियोगिताको पहिलो खेलमा पराजित भएको थियो ।

सुदूरपश्चिमले पछिल्लो ५ खेलमा लगातार जितका साथ फाइनलमा स्थान बनाएको थियो । सुदूरपश्चिम प्रदेश लिग चरणको पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको थियो । लिग चरणमा लुम्बिनीले सुदूरपश्चिममाथि ४१ रनको जित हात पारेको थियो ।

लिग चरणको सुरुवाती पाँच खेलमा लगातार जित हात पारेको लुम्बिनी मंगलवार भएको लिग चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग पराजित भयो । कार्तिक १० बाट सुरु यस प्रतियोगितामा ७ प्रदेशको सहभागीता रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार