भरुवा बन्दुकसहित बाजुराका तीन जना पक्राउ

बाजुरा : बाजुरामा भरुवा बन्दुकसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौमुल गाउँपालिका-६ का ६३ वर्षीय गोरे लुहार, बडीमालिका नगरपालिका-१ सलेनाका ३९ वर्षीय गोरख कार्की र ३७ वर्षीय बुद्ध कार्की रहेका छन् ।

उनीहरुलाई गौमुल-६ सटेडाबाट १० थान भरुवा बन्दुक र बन्दुकको ३३ थान नालसहित मंगलबार बिहान पक्राउ गरेको प्रहरीले बताएको छ ।

Galaxy

गोरेको घरमा अवैध भरूवा बन्दुकको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरीले घरभित्र लुकाई राखेका बन्दुक फेला पारी गोरे तथा बन्दुक खरिद गर्न आएका गोरख र बुद्धलाई समेत पक्राउ गरिएको प्रहरीले बताएको छ ।बाजुरा प्रहरीले यस विषमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार