आइसिसी महिला यु–१९ : आज नेपालले थाइल्यान्डविरुद्ध खेल्दै !

काठमाडौं : आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा बुधबार (आज) नेपालले थाइल्यान्डको सामना गर्दै।

खेल युएईको द सेभेन रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ। उमेर समूहमा नेपाल र थाइल्यान्डबीच हालसम्म एकमात्र खेल भएको छ। सन् २०२२ मा विश्वकप छनोटअन्तर्गत नै भएको खेलमा नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भएको थियो।

SHIKHAR COOL TECH

आगामी १३ नोभेम्बरसम्म हुने प्रतियोगितामा नेपाल र थाइल्यान्डसँगै युएई र कुवेतले सहभागिता जनाएका छन्। सबै टोलीले एक अर्कासँग दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विश्वकपका लागि छनोट हुनेछ।

नेपाली टोली :
सोनी पाख्रिन, ज्योत्सिका मरासिनी, रचना चौधरी, मनिषा उपाध्याय, कृष्मा गुरुङ, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, साना प्रविन, स्नेहा महरा, साबित्रा धामी, तृषना विक

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार