कैलालीको जोशीपुस्थित एक औषधि पसल सञ्चालक लागुऔषधसहित पक्राउ

धनगढी : कैलालीमा लागुऔषधसहित एक जना औषधि पसल सञ्चालक पक्राउ परेका छन्।

जिल्लाको जोशीपुर गाउँपालिका–५ घर भई वडा नम्बर ७ को रघुनाथ बहुमुखी क्याम्पस नजिकै प्रतिभा हेल्थ क्लिनिक सञ्चालन गर्दै आएका ४० वर्षीय रामकृष्ण चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्।

SHIKHAR COOL TECH

चौधरीको मेडिकलबाट लागुऔषधको रूपमा प्रयोग गरिने पाँच सय स्पास्म ट्याब्लेट र एक हजार ट्याबलेट त्रिगाभा म्यूरिन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले बताए।

चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार