भरुवा बन्दुकसहित बाजुराका तीन जना पक्राउ

बाजुरा : बाजुरामा भरुवा बन्दुकसहित तीन जना पक्राउ परेका छन्।

जिल्लाको गौमुल गाउँपालिका–६ सटेडाबाट भरूवा १० थान भरुवा बन्दुक र बन्दुकको ३३ थान नालसहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

SHIKHAR COOL TECH

गौमुल गाउँपालिका–६ का ६३ वर्षीय गोरे लुहार, बडिमालिका नगरपालिका–१ सलेनाका ३९ वर्षीय गोरख कार्की र ३७ वर्षीय बुद्ध कार्की पक्राउ परेका छन्।

गोरेको घरमा अवैध भरूवा बन्दुकको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरीले घरभित्र लुकाई राखेका बन्दुक फेला पारेर गोरे तथा बन्दुक खरिद गर्न आएका गोरख र बुद्धलाई समेत पक्राउ गरिएको प्रहरीले बताएको छ। यस विषमा थप अनुसन्धान अघि बढाएको बाजुरा प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार