मादक पदार्थ सेवन गरेका डाक्टरको कार दुर्घटना

धनगढी : कैलालीको धनगढीमा मादक पदार्थ सेवन गरेका डाक्टरको कार दुर्घटनामा परेको छ। मादक पदार्थ सेवन गरेका एक डाक्टरले धनगढी मुख्य सडकको तारजाली र ट्रिगार्ड भाँचेका हुन्।

कैलाली प्रहरीले सोमवार साँझ पौने ७ बजे धनगढी–३ बोराडाँडी घर भएका डाक्टर शम्भुप्रसाद भट्टले तारजाली र ट्रिगार्डका भाँचेका बताएको छ। मादक पदार्थ सेवन गरेर बिएबी ५८९९ नम्बरको कार चलाइरहेका डाक्टर भट्टले मुख्य सडकको मेडियनमा लगाइएको तारजाली र ट्रिगार्डमा क्षति पुगाएका हुन्।

SHIKHAR COOL TECH

मादक पदार्थ सेवन गरी आफैँ कार चलाइरहेका भट्टले धनगढी मुख्य सडकको प्रहरी पेट्रोल पम्प अगाडि तारजालीमा क्षति पुगाएको कैलाली प्रहरीले जनाएको छ। डाक्टर भट्ट र उनले चलाएको कारलाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार