धनगढी : राष्ट्रियता लोकतन्त्र र समरुपतावाद प्रति समर्पित, दलित मुक्ति आन्दोलनका ऐतिहासिक क्रान्तिकारी योद्धा,एवं समरुपतावादी नेता स्व। चन्द्र वहादुर रैका को १९ औँ स्मृति दिवस धनगढीमा बिबिध कार्यक्रमको आयोजना गरी मनाईएको छ । चन्द्र पशुपति रैका स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम सरकारका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट रहेका थिए ।
स्मृति दिवसको अवसरमा मानबसेवा आश्रममा रहेका असाहय बुवाआमा र बालबालिकालाई सामूहिक दिवा भोजन समेत गराईएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी एंव सुदूरपश्चिम सरकारका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट ले स्व। चन्द्र बहादुर रैका दलित समुदायको मात्रै नेता नभईकन सबैको साझा सशक्त क्रान्तिकारी नेता भएको बताए । पूर्ब मुख्यमन्त्री भट्टले स्व रैका को बारेमा थप खोज अनुसन्धान हुनुपर्ने र उनको सपना हामी सबैले मिलेर साकार पार्नुपर्ने बताउँदै भावपूर्ण श्रद्धाञ्जली गरे ।
प्रतिक्रिया दिनुहोस्