अरिङ्गालको टोकाइबाट बझाङमा एक बालकको मृत्यु

बझाङ : बझाङमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । साइपाल गाउँपालिका- २ का ७ वर्षीय असन धामीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार धामीलाई आइतबार घर नजिकैको खेतबारीमा खेल्ने क्रममा अरिङ्गालले टोकेको थियो ।गम्भीर घाइते अवस्थाका धामीलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पुगाइएको थियो ।

धामीको  उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

अरिङ्गालको टोकाइबाट अर्का ५ वर्षीय शितल धामी पनि घाइते भएका थिए । उनी स्थानीय  स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार