डोटी : मानवीय सेवामा अनेकौँ प्रयास साइन नेपालनामक संस्थाले कृषक समूहहरूलाई कृषिमा आधुनिकीकरण गर्न मिनी ट्रिलर वितरण गरेको छ ।
आइतबार जिल्लाको पुर्वीचौकी आदर्श गाउँपालिका र शिखर नगरपालिकाका गरेर ८ ओटा कृषक समूहहरूलाई प्रति समूह एक मिनी ट्रिलर वितरण गरेको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए ।
यस्तै आइतबार उक्त संस्थाले मातृ शिशु आहार वितरण कार्यक्रम अन्तरगत जिल्लाको पुर्विचौकी-१ फुलौट १ वर्ष मुनिका बच्चाहरूका ५५ जना आमाहरूलाई पौष्टिक खाद्यपदार्थ काजु, अण्डा, तेल,लेटो, चना वितरण गरेको छ।
उक्त संस्थाले सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पालिकाहरूमा शिक्षा, स्वास्थ्य, आय-आर्जन, कृषि र आपतकालिन क्षेत्रमा निरन्तर जनता माझ प्रत्यक्ष गएर कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्