डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिका-६ गगुडाबाट धनगढीसम्म बस सेवा सुरु भएको छ ।
शैलेश्वरी यातायात प्रालिको सुपप्र ०१०००६ को ३४९० नम्बरको बसले पहिलो पटक गगुडाबाट यात्रु लगेर सोमबार बिहान ७ बजे धनगढी प्रस्थान गरेको वडा अध्यक्ष श्याम बोगटीले बताए ।
सहजपुर, बोगटान, दीपायल सडक खण्डको दीपायलदेखि गगुडासम्म केही भाग पक्की तथा केही भाग डबल कटिङ गरिएसँगै बस सेवा सुरु भएको हो ।
प्रतिक्रिया दनुहोस्