सोमबार बिहान बझाङमा जिप दुर्घटना, चार जना घाइते

बझाङ : बझाङमा सोमबार बिहान जिप दुर्घटना भएको छ । जयपृथ्वी नगरपालिका-११ भोपुरमा तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउँदै गरेको बा१८च ५१४९ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा चार जना घाइते भएका छन् । जिपमा सवार तलकोट-१ का ५६ वर्षीय वीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका-११ का १७ वर्षीय शंकर धामी र २५ वर्षीया विद्या बोहोरा घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

धनगढी सूचना

प्रहरीका अनुसार घाइते सबैको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । जिपमा चालकसहित ७ जना सवार थिए । जिप चालक तलकोट-१ का २३ वर्षीय नवीन बोहरालाई नियन्त्रणमा लिइएको बझाङ प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार