जुवाखालबाट भाग्नेक्रममा भिरबाट खसेर एक जनाको मृत्यु

धनगढी : कैलालीमा एक जनाको जुवाखालबाट भाग्नेक्रममा भिरबाट खसेर मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–१२ का करन विकको जुवाखालबाट भाग्नेक्रमा मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त इन्चार्ज प्रहरी निरीक्षक दानसिँ भण्डारीले बताए।

SHIKHAR COOL TECH

उनको शव ओलानीस्थित कोल्मोडाको छोट्यास कुलोमा फेला परेको थियो। प्रहरी निरीक्षक भण्डारीले विकसँग जुवा खेल्न ८ जना संगलग्न रहेको पाइएको बताए। विकका परिवारले भने उनको हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्।

मृतक विकको सव पोष्टमार्टमलागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार