काठमाडौँ : अस्ट्रेलिया पठाउँछु भनेर १७ लाख ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका–८ जीवनपुर घर भएका किशोर गर्तौला छन् ।
२४ वर्षीय गर्तौलालाई दरबारमार्गबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले बताए । आरोपीले अस्ट्रेलिया पठाउँछु भनेर १७ लाख रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
उनलाई कानुनी कारबाही गर्न प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।
प्रतिक्रिया दिनुहोस्