खानिडाँडाकी साहुनी चन्द्रकला सापकोटाको मृत्यु, सवारी चालक थापा पक्राउ

धनगढी : डडेल्धुराका कानून व्यवसायी तथा यातायात व्यवसायी सुरेश थापा पक्राउ परेका छन्। जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिका-५ का थापाविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी परेपछि मालाखेती प्रहरीले नियन्त्रणमा लिएको हो।

१४ असोजमा कैलालीको खानीडाँडामा होटेल संचालन गर्दै आएकी ३० वर्षीया चन्द्रकला सापकोटाले आत्महत्या गरेकी थिइन्। उनका श्रीमानले सापकोटालाई आत्महत्या गर्न बाध्य पारेको भन्दै थापाविरुद्ध जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

SHIKHAR COOL TECH

गाडी चलाउने क्रममा साहुनी सापकोटा र होटलमा खाना खाने र बस्ने गरेका थापाबीच हिमचिम बढेर सम्बन्ध रहेको बताइएको छ। तर, थापाले भने उक्त आरोप स्वीकार नगरेको प्रहरी स्रोतको दाबी छ। थापाको अत्तरिया-डडेल्धुरा रुटमा विगत डेढ दसकदेखि सार्वजनिक सवारी संचालन हुँदै आएको थियो। पछिल्लो केही समयदेखि भने थापा आफैं सवारी चालक थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार