धनगढीको फुलावारीमा श्रमदान गर्दै बेलायती नागरिक

धनगढी : नेपाल युथ फाउन्डेसन नेपाल र धनगढी उपमहानगरपालिकाको  साझेदारीमा  निर्माण भइरहेको ओल्गापुरी भोकेसनल स्कुलमा बेलायती नगरिकले श्रमदान गरेका छन् । 

धनगढी उपमहानगरपालिका वडा नम्बर १८ एफ गाउँमा निर्माण भइरहेको भोकेसनल स्कुलमा बेलायती नागरिक हेजल ग्रेसको नेतृत्वमा पाँच दिनका लागि १९ जना बेलायती नागरिक श्रमदानमा जुटेका हुन् । 

dashain shuvakamana
Discovery School

कात्तिक ४ गतेदेखि श्रमदानमा जुटेका बेलायती नागरिकले ८ गतेसम्म श्रमदान गर्ने छन् । बेलायती संस्था सपोर्टिङ नेपाल्स चिल्ड्रेनको आर्थिक अनुदानमा नेपाल युथ फाउन्डेसनमार्फत तीन करोड ४३ लाख बराबरको लागतमा उपमहानगरपालिकाको साझेदारीमा भोकेसनल स्कुलको निर्माण कार्य भइरहेको छ । 

श्रमदान टोलीको नेतृत्व गरेकी बेलायती नागरिक ग्रेसले आर्थिक अनुदानसँगै केही दिन श्रमदान गर्दा संस्थाप्रतिको अपनत्वमा वृद्धि हुने बताईन् । नेपाली नागरिकलाई सिप सिकेर स्वदेशमै रोजगारमुखी बनून् भन्ने सन्देश दिनसमेत आफूहरूले श्रमदान गर्न लागेको बताईन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार